दलित गाउँका पहिलो शिक्षक

नेपाल प्रहरीको प्राविधिकतर्फका दुई एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

​​​​​​​काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ । 

प्रहरीको बढुवा समितिको बुधवार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपी द्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको हो ।

डा.श्रेष्ठ र ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४)अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : ३० बजे