थप २३६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २३६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११  हजार ३०९ जनामा परिक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १८५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको  मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५७९        पुगेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ३८ बजे