‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक सबै निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई

काठमाडौं ।  एमाले स्थायी कमिटीले तत्कालै कुनै निर्णय लिनुपरे अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको छ । 

आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको हो ।  

बैठकले पार्टी एकताकोरक्षाका लागि विगतका सबै कुराहरु बिर्सिएर अगाडि बढ्ने र यस प्रयोजनका लागि पार्टी नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णयसमेत गरको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १ : ४६ बजे