‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

को हुन् श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित अनुर कुमार दिशानायक ?

वामपन्थी झुकाव राखेका अनुर कुमार दिशानायक ऐतिहासिक दोस्रो चरणको मतगणनाबाट श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि राष्ट्रपति चुनाव देशको इतिहासमा नै पहिलो पटक दोस्रो चरणको मतगणनामा पुगेको थियो।

श्रीलङ्कामा राष्ट्रपति चुनिनका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने हुन्छ।

पहिलो चरणमा वामपन्थी नेता अनुर कुमार दिशानायकले ४२.३१ प्रतिशत र विपक्षी नेता सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत ल्याएका थिए।

वर्तमान राष्ट्रपति पराजित

श्रीलङ्का निर्वाचनमा प्रमुख उम्मेदवारहरू

सन् २०२२ मा हालसम्मकै खराब आर्थिक सङ्कट उत्पन्न भएपछि श्रीलङ्कामा भएको जनआन्दोलनले देशका नेता गोटाबय राजक्षलाई पदबाट बर्खास्त गरेपछि शनिवार पहिलो चुनाव भएको हो।

अहिलेको निर्वाचनलाई हालसम्मकै कडा प्रतिस्पर्धाको चुनावका रूपमा लिइएको थियो।

आइतवार बिहानसम्मको प्रारम्भिक नतिजाले दिशानायक जीततर्फ अग्रसर रहेको देखाएको थियो तर पछिको गणनामा विपक्षी नेता सजिथ प्रेमदासाले मत बढाएपछि गणना अर्को चरणमा प्रवेश गर्यो।

मतगणना भइरहँदा दिशनायकलाई हालका राष्ट्रपति रनिल विक्रमसिङ्घ र विपक्षी नेता सजिथ प्रेमदासाका समर्थकहरूले बधाई दिइसकेका थिए।

विदेशमन्त्री अली साबरीले सामाजिक सञ्जाल एक्समा प्रारम्भिक परिणामले दिशानायकको प्रस्ट जीतको सङ्केत दिएको बताएका थिए।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि गए राति कर्फ्यु लगाइएको थियो र त्यसलाई आइतवार अपरान्ह त्यसलाई हटाइएको छ।

उक्त निर्वाचनलाई अर्थतन्त्रलाई सञ्चालन गर्ने सरकारको तरिकामाथिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो।

चुनावमा करिब ७० प्रतिशत मत खसेको थियो र कीर्तिमानी ३८ जना उम्मेदवारहरूले मुलुकको सर्वोच्च पदका लागि दाबी गरेका थिए।

श्रीलङ्कामा उम्मेदवारहरू

श्रीलङ्कामा सन् १९८२ यता भएका आठवटै राष्ट्रपतीय चुनावमा पहिलो चरणकै गणनाबाट विजेता छानिएका थिए।

शनिवारको निर्वाचनमा मत खसाल्न झन्डै एक करोड ७० लाख मतदाता योग्य रहेका थिए।

दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुने प्रयास गरिरहेका रनिल विक्रमसिङ्घले १७ प्रतिशत मत ल्याएका छन्।

हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्‌ले राष्ट्रपतिमा नियुक्त गरेको थियो। यस पटक उनले तेस्रो स्थानमा मत पाए।

जीभीपीको संसद्‌मा जम्मा तीन सिट रहेको थियो तर गरिब पक्षधर नीति र भ्रष्टाचारविरुद्ध उभिने प्रतिबद्धताले उनलाई लोकप्रिय बनायो।

उनले आफूलाई परिवर्तनको संवाहक नेताका रूपमा प्रस्तुत गर्ने क्रममा सत्तामा आएको ४५ दिनभित्र संसद्लाई भङ्ग गरिदिने र आफ्नो नीति कार्यान्वयनका लागि ताजा जनमत लिने उल्लेख गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ।

आर्थिक सङ्कटसँग जुझ्ने चुनौती

श्रीलङ्काको एक किराना पसल

श्रीलङ्काका नयाँ राष्ट्रपतिलाई अर्थतन्त्र उकास्ने र दशौँ लाख मानिसहरूलाई गरिबीबाट पार लगाउने चुनौती हुनेछ।

श्रीलङ्काको आर्थिक सङ्कटले सन् २०२२ मा राजपक्ष परिवारलाई सत्ताबाट बाहिर पुर्‍याएको थियो।

त्यो बेला श्रीलङ्काको विदेशी मुद्रा सञ्चिति कमजोर भएको थियो भने उक्त देशले इन्धन लगायत अत्यावश्यक वस्तुहरू आयात गर्न सकेको थिएन। सार्वजनिक ऋण वृद्धि भएर ८३ अर्ब डलर पुगेको थियो भने मुद्रास्फीति ७० प्रतिशतले बढेको थियो।

सर्वसाधारणहरूलाई खानेकुरा र औषधिजस्ता आधारभूत आवश्यकता पुरा गर्न कठिन भएको थियो।

कैयौँ नीतिगत कमजोरी, कमजोर निर्यात र वर्षौँदेखि कर प्रणालीमा रहेका समस्या लगायतलाई त्यस्तो अवस्था आउनुको कारण मानिएको छ।

त्यसबाहेक कोभिड-१९ महामारीका कारणले पर्यटन क्षेत्र ओरालो लागेपछि अवस्था थप खस्किएको थियो।

तर धेरै जनाले भ्रष्टाचार र अस्तव्यस्तताले त्यस्तो परिस्थिति जन्माएको र त्यसका कारण १० वर्षसम्म सामूहिक शासन गरेका राजपक्ष र उनको परिवारमाथि रोष बढाएको टिप्पणी गर्छन्।

बीबीसी

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : १० बजे