दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

काठमाडौँ । श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि नाम फिर्ता लिएका हुन् ।

भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर संसदीय सुनुवाइ विशेष समितिमा पत्र पठाएका छन् ।समितिको आजको बैठकले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो ।

यसअघि आइतबार  र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले निर्णय गर्न सकेको थिएन ।समितिले प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम अनुमोदन गरेको थियो । 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : ३५ बजे