सुनको मूल्यमा नयाँ कीर्तिमान

म्यानमारमा खानी दुर्घटनामा ७० वेपत्ता

यांगुन – उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् । खानीमा फसेका दर्जनौं मजदुरकाे खोजी भइरहेको छ ।

कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलाे पहिरो गएको थियो । खानीमा अधिकांश मजदुर  गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् । 

एजेन्सी

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  २ : ०१ बजे