सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनद्धारा अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण

काबुल – चीनले अफगानिस्तानलाई पठाएको मानवीय सहायतासम्बन्धी सामग्री मंगलबार अफगानिस्तानको राजधानी काबुलमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।चीनको रेडक्रस संस्थाले सो सामग्री पठाएको थियो । ती सामग्री अफगानिस्तानको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिएको हो ।काबुलमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा ती सामग्रीहरु चीनको रेडक्रस सोसाइटीले अफगानिस्तानको रेड क्रिसेन्ट सोसइटीलाई हस्तान्तरण गरेको हो । त्यस अवसरमा अफगानिस्तानका लागि चिनियाँ राजदूतको पनि सहभागिता रहेको थियो ।

ती सामग्रीहरु चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको हो । यी सामग्रीहरू लिएर उत्तरी चीनको होग्रोस बन्दरगाहबाट सोमबार एक रेलमार्फत् अफगानिस्तान पठाइएको हो ।अफगानिस्तानका लागि करिब एक हजार पाँच सय टन सामग्री पठाइएको चिनियाँ अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ ।

यी सामग्रीहरूमा खाद्यान्न र लत्ता कपडा रहेका छन् । जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।चीनले गएको जुन महिनाको अन्त्यदेखि नियमित रूपमा चीनलाई सहयोग सामग्री पठाएको छ । चिनियाँ अधिकारीले त्यसयता अफगानिस्तानका लागि विभिन्न समयमा गरी यस्ता सामग्री पठाएको जनाएको छ ।

अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : ५४ बजे