सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रकाश बस्नेतको अध्यक्षतामा संञ्चयकोष कर्मचारी संगठनको नयँ नेतृत्व


काठमाडौं । संञ्यकोष कर्मचारी संगठनमा प्रकाश बस्नेतको अध्यक्षतामा २७ सदस्य नयाँ नेतृत्व चयन भएको छ। एमाले महासचिव शंकार पोखरेलको प्रमुख आतिथ्यमा असोज ४ र ५ गते सम्पन्न भएको सो संगठनको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

संगठनको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव , कोषध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः उत्तम घिमिरे, टिकालाला श्रेष्ठ, रुक्मणी ठकुरी, गोपाल कृष्ण सुवेदी, नविन सिंह रावल, रामचन्द्र घिमिरे, नगेन्द्र पुलामी मगर र रावृक्ष शाह कानुन निर्वाचित हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा बाबुराम गन्धर्व, सरस्वती परियार, विश्वराज भण्डारी, इश्वरी पराजुली, किरण ज्ञावली, पारसमणि भण्डारी निर्वाचित हुनु भएको छ।

त्यसैगरी जितबहादुर राउत, मीना बस्नेत, छवाङ हिस्से तामाङ, रन्जित कुमार हाथी, अजिता खतिवडा, शुशिला भट्टाराई, जनकराज उपाध्यय, केदार गिरी, राजकुमार शाही र मिरा पुरी निर्वाचित हुनुभएको छ ।

केन्द्रीय सभामा भने श्याम लाल श्रेष्ठ र उससभापतिमा तुलसी अधिकारी चयन हुनुभएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ५ : ०४ बजे