सुनको मूल्यमा नयाँ कीर्तिमान

शिवम सिमेन्ट गर्याे ११ करोड ६० लाख लाभांश वितरण गर्ने घोषणा

काठमाण्डौँ । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्ने कुरा कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ५५ बजे