सुनको मूल्यमा नयाँ कीर्तिमान

बीमा प्राधिकरणले बीमा नियमावलीमा ‘व्यक्तिगत छुट’ को व्यवस्था गरेपछि अभिकर्ता यसरी भए रुष्ट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अर्थ मन्त्रालयमा प्रस्ताव गरेको बीमा नियमावलीमा ‘व्यक्तिगत छुट’ को व्यवस्था गरेपछि बीमा अभिकर्ताहरू रुष्ट भएका छन् । नियमावलीमा राखिएको सो व्यवस्था हटाउन अभिकर्ताहरुले प्राधिकरणलाई दबाब दिदै आएका छन् ।

प्राधिकरणले नयाँ बीमा नियमावलीको नियम ५२ मा कुनै पनि व्यक्ति आफै कम्पनीमा पुगेर पोलिसी खरिद गरेमा प्राधिकरणले तोके अनुसार बीमा शुल्क छुट दिइने व्यवस्था गरेको छ । त्यस्तै, प्राधिकरणले एकल बीमा पोलिसीमा अभिकर्तालाई दिइने ६ प्रतिशत कमिशन पाँच वर्षमा भुक्तानी गरिने, अभिकर्ताले जारी गरेको पोलिसीको नवीकरणको दर अनुसार मात्रै लाइसेन्स नवीकरण गरिने लगायतका व्यवस्था गरेको छ । प्राधिकरणको यस्तो व्यवस्थाले अभिकर्ता पेशा नै संकटमा पर्ने भन्दै रुष्ट भएका हुन् ।

गत शुक्रबार पेशागत बीमा अभिकर्ता संघ आफना माग सहित नेपाल बीमा प्राधिकरण पुगेको थियो । प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आइतबार छलफल गर्ने भनेपछि संघले आफना मागपत्र बुझाएर फर्केको थियो ।

प्राधिकरणले तोकेको समयमा अनुसार आइतबार संघका नेतृत्व र प्राधिकरणका प्रतिनिधि बीच प्राधिकरणमा नै छलफल भएको थियो । तर, छलफलमा प्राधिकरणका अध्यक्ष सिलवाल अनुपस्थित भएपछि बैठक नै बस्न सकेन ।

त्यसो त व्यक्तिगत छुट, एकल बीमाको कमिशन, अभिकर्ताको लाइसेन्स नवीकरणका लागि तोकिएको व्यवस्थाका हटाउन प्राधिकरणका प्रतिनिधि सहमत भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ५२ बजे