काठमाडौँ । अमेरिकन डलर देखाई ठगी गर्ने ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका-१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई हाल भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने २९ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।
भक्तपुर चाँगुनारायणबाट एक जना पीडिलाई गत भदौ २८ गते अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुने भनी प्रलोभनमा पारी नगद ४० लाख रुपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौँ जडिबुटीबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अमेरिकन डलर साट्ने भन्दै गत असोज २ गते धादिङ घर भई काठमाडौँ कलंकी बस्ने एक जना पीडितलाई काठमाडौँ स्युचार बोलाई नगद ७ लाख रुपैयाँ, काठमाडौँ नागार्जुन नगरपालिका-६ टौखेलबाट गत भदौ ३१ गते चितवन घर भएका एक जना पीडितबाट नगद ५ लाख रुपैयाँ, भक्तपुर सुर्यविनायकबाट गत साउन २० गते काठमाडौँ बागबजार बस्ने एक जना पीडितबाट नगद १० लाख रुपैयाँ र भक्तपुर गठ्ठाघरबाट गत चैत १३ गते काठमाडौँ तार्केश्वर नगरपालिका-२ बस्ने एक जना पीडितबाट नगद २ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाएको छ ।
प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार ३ : १७ बजे
प्रतिक्रिया