दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

 श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । 

श्रीमान्को कुटपिटबाट मङ्गलवार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको हो । 

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार विष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो । 

यस्तै मङ्गलवार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच  विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । 

उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ ।रासस

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ०३ बजे