सुनको मूल्यमा नयाँ कीर्तिमान

मध्य राति किन तर्सिए रवि ? 

काठमाडौं। नेपालीमा एउटा उखान छ ‘चोरको खुट्टा काटभन्दा खुट्टा तान्ने’ । नेपाली राजनीतिमा आइतबार  साँझदेखि मध्य राति सम्म राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको खुट्टा तन्की रह्यो । त्यसैले त्यो पार्टी कार्यालयमा निकै हल्ला खल्ला र भीड बढ्यो। 

सहकारी ठगी सम्बन्धमा गठित संसदीय बिशेष समितिको प्रतिवेदन अनुसार सरकारले गोरखा मिडिया नेटवर्कका छविलाल जोशीलाई आइतबार पक्राउ गरेपछि लामिछाने झस्किएको स्रोतले बतायो।  प्रतिवेदनको एउटै लहरमा राखिएका नाममा कोही पक्राउ पर्ने र छुट्ने भन्ने हुँदैन भनेर नै लामिछाने आत्तिएको स्रोतले बतायो । ढिलो चाँडो पक्राउ  पर्ने निश्चित भएपछि आइतबार राति सम्म लामिछानेले ‘स्टन’ गरेको स्रोतले बतायो । लामिछानेकै भाषामा   निकट भविष्यमा आफ्नो पक्राउ बारे  उनले आइतबार मिडिया ट्रायल गरेको स्रोतले दाबी ग-यो ।  

तर लामिछानेलाई आइतबार पक्राउ गर्ने कुनै योजना नरहेको सुरक्षा स्रोतले बतायो। 

रविलाई चाँडै पक्राउ गर्ने तयारी भएको स्रोतले दाबी ग-यो  । जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी लिएर चाँडै पक्राउ गरिने स्रोतले बतायो ।

गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो । प्रहरीले कुनै पनि आरोपी भाग्न सक्ने खतरा देखेमा अदालतबाट अनुमति नलिई कन जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिन सक्छ । रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ११ : ४९ बजे