साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अछामका १० वटै पालिकामा कोभिड विरुद्धको मोर्डना खोप अभियान सञ्चालन

अछाम । अछाममा कोभिड–१९ विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ ।

जिल्लाका १० वटै स्थानीय पालिकामा कोभिड–१९ कोरोना विरुद्धको मोर्डना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । 

कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुङ्गानाका अनुसार १२ देखि १७ वर्ष उमेर समूहकालाई पहिलो चरणको खोप लगाइने भएको हो ।

जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ हजार ६१ विद्यार्थीलाई पहिलो चरणमा खोप लगाइने उहाँ ले बताउनुभयो । सोही अन्तर्गत मङ्गलवार साँफेबगर नगरपालिकाबाट खोप सञ्चालन भएको छ भने आज जिल्लाका अन्य ८ वटा पालिकामा एक साथ खोप लगाइँदै छ । कमलबजार नगरपालिकामा भने ९ गते खोप लगाइने छ ।

पुस ११ गतेभित्र अछाम जिल्लाका ३९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको अधिकृत ढुङ्गानाले बताउनुभयो ।

खोप लगाइसकेपछि कुनै अवाञ्छित घटना भएमा पहिलो चरणमा पालिकाका स्वास्थ्य शाखाले उपचार गर्ने र थप उपचारको लागि जिल्ला अस्पताल, बयालपटा अस्पतालको चिकित्सकको टिम तयारी अवस्थामा राख्ने प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : १४ बजे