दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पुजारी पक्राउ

कर्णाली । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ । 

महिलालाई  दुर्व्यवहार गरिएको श्रव्य दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् । 

लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो ।

“पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन”, उहाँले भन्नुभयो । ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती  आएकी थिइन् । 

घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : १३ बजे