दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

संस्कृतिको सतिसाल नामक ग्रन्थको प्रथम महिला राष्ट्रपति भण्डारीद्वारा लोकार्पण 

विराटनगर ।  प्रा‍. डा. बद्रीविशाल पोखरेलको समग्र सिर्जनात्मक व्यक्तित्वमा आधारित संस्कृतिको सतिसाल नामक ग्रन्थको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले  लोकार्पण गर्नु भएको छ ।

मदन भण्डारी फाउन्डेशन,कोसी प्रदेशद्वारा आयोजित दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन विराटनगर स्थित कन्चन्जङ्घा पार्टी प्यालेसमा भएको थियो । उक्त कार्यक्रमको समुद्घाटन समारोहमा पोखरेलको व्यक्तित्वमा आधिर उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

संस्कृतिविद्, वरिष्ठ लेखक पोखरेललाई श्रीमती भण्डारीले  फूलको मालागाइदिँदै लोकार्पणका क्रममा डा. पोखरेलको बहुआयामिक  लेखन र पठन संस्कृति उदाहरणीय रहको उल्लेख गर्नुभयो । कार्यक्रमका विशेष अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालले संस्कृतिका सतिसाल कृति र डा. पोखरेलको बहुआयामिक प्रगतिशील लोकतान्त्रिक सृजनशील तथा सांस्कृतिक प्रखर व्यक्तित्वको चर्चा गर्नुभयो ।

बरालले संस्कृतिको सतिसाल १५ खण्डमा ५८ जना विविध, विषय, क्षेत्र र विधाका वरिष्ठ लेखकद्वारा लिखित प्रस्तुत कृति पठनीय र सङ्ग्रहणीय रहेको बताउनु भयो  ।

उहाँले डा. पोखरेल आवश्यकता अनुसार निक्कै खरो,खारिएको सबै खालका विकृतिलाई उच्छेद गर्ने नामी लेखकका रूपमा सुपरिचित रहेको उल्लेख गर्नु भयो ।

फाउण्डेशन कोसी प्रदेशका अध्यक्ष गोपाल गुरागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोसी प्रदेशका पूर्व मुख्य मन्त्री तथा एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राई, उक्त प्रदेशका मुख्य मन्त्री  हिक्मत कार्की, तथा एमाले कोसी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले मन्तव्य सहित डा‍. पोखरेललाई खादा लगाई सम्मान गरेका थिए ।

उक्त कृति एमाले अध्यक्ष के।पी।शर्मा ओलीबाट काठमाडौँमै विमोचन गर्ने तीन महिना अघि तय भए  पनि अन्तिम  अवसरमा कृतिको प्रकाशक रहेको जन साहित्यिक सङ्ंघ,केन्द्रका  एक छिद्रान्वेषी स्रष्टाले पोल लगाएर ओलीबाट उक्त कृति विमोचित हुन नसकेको लेखक मिथिला पोखरेलले बताउनु भयो । यस्ता पोलाहाका प्रवृत्तिप्रति  वरिष्ठ स्रष्टा तथा उक्त कृतिका सम्पादक रमेश पोखरेलले डा. पोखरेलसित उतिबेलै  दुःख प्रकट गरेका थिए ।

वरिष्ठ पत्रकार यज्ञ शर्मा,विराटनगरले डा। पोखरेल विचार र सिद्धान्तका पनि सतिसाल हुनुहुन्छ र उहाँका बहुआयामिक सिर्जनात्मक सांस्कृतिक व्यक्तित्व र कृतित्वबाट जीवन शेषपछि पनि डा. पोखरेल जीवन्त रहने कुरा एक कार्यक्रमको आयोजना स्थलमा  बताउनु भयो । कार्यक्रमको पूर्व जानकारी पाएर प्रकाशक संस्थाका अध्यक्ष वरिष्ठ स्रष्टा राम विनय,काठमाडौँले डा. पोखरेललाई बधाई  दिनु भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ३ : ०७ बजे