दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

रेडियो नेपालमा महिला साहायता तथा स्तनपान कक्षको शुभारम्भ

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले महिला साहायता तथा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको  छ । 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसर पारी रेडियो नेपालले आफ्नो केन्द्रीय कार्यालय सिंहदरबारमा आफ्ना महिला कर्मचारीलाई लक्षित गरी स्तनपान तथा महिला सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।  स्तनपान कक्षको आइतबार एक कार्यक्रमका बीच समितिका अध्यक्ष एवं सूचना तथा संचार मन्त्रालयकी सचिव राधिका अर्यालले  उद्घाटन गर्नुभयो । 

उद्घाटन समारोहमा बोल्नुहुँदै सचिव अर्यालले रेडियो नेपालले महिलामैत्री वातावरणका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले स–साना सकारात्मक प्रयासबाटै ठुला उपलब्धिहरू हासिल हुने बताउँदै रेडियो नेपालमा महिला सहायता कक्ष निर्माण एकदमै सकारात्मक प्रयास भएको औँल्याउनुभयो । 

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले यसबाट रेडियो नेपालमा कार्यरत महिला कर्मचारीहरूको मनोबल उच्च हुने र महिला कर्मचारीका साथसाथै कर्मचारीका बालबच्चाहरूलाई फाइदा मिल्ने बताउनुभयो । उहाँले कार्यालयमा लैंगिक समानताका लागि आफूले रेडियो नेपालको कार्यकारी निर्देशक हुँदा गरेको वाचा अनुसार सहायता कक्ष सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले कर्मचारीहरूको समस्या समाधान गर्न, मनोबल उच्च पार्न र विभेदरहित वातावरण बनाउन आफु हरदम लागिरहो बताउनुभयो  

कार्यक्रममा बोल्नुहुँदै  रेडियो नेपाल दिदी बहिनी समूहका अध्यक्ष एवं उपनिर्देशक प्रज्ञा सरदले लैंगिक सशक्तिकरण र सामाजिक समावेशी अभियन्ताका रुपमासमेत परिचित कार्यकारी निर्देशक लामाले आफ्नो पदवहाली कार्यक्रममा गर्नु भएको घोषणा यत्ति छिटै पुरा भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले महिलाको समस्या महिलाको मात्रै समस्या नभई सिंगो परिवारको समस्या हुने बताउनुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशकले गर्नु भएको प्रयास रेडियो नेपालको इतिहासमै पहिलो पटक भएको बताउँदै सबै दिदी बहिनी र कर्मचारीका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।  

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : ५९ बजे