काठमाडौँ । आज देशभर २ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१७ हजार ८९ नमुनाको परीक्षण गर्दा २ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज सङ्क्रमित २ सय ३२ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९८ प्रतिशत सङ्क्रमित निको भइसकेको हुन् ।
सङ्क्रमणका कारण आज थप ३ जनाको मृत्यु भएको छ यो सँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ७७ पुगेको छ ।
आज देशभरिका २ लाख ४७ हजार ८ सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयको जानकारी दिएको छ ।
प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार ५ : २५ बजे
प्रतिक्रिया