सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच आज भेट वार्ता हुने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका सरकार प्रमुखहरुसँग भेटवार्ता गर्नुहुँदै छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका रहेको छ ।

स्थानीय समय अनुसार आज अपरान्ह ५ः३० बजेदेखि ६ः०० बजेसम्म प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

भारतका प्रधानमन्त्री मोदीसँगको भेट अघि प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री डासो छिरिङ तोग्बेबीच भेटवार्ता हुनेछ ।
यसैगरी प्रधानमन्त्री ओली र कुबेतका राजकुमार शेख सबाह अल खालेद अल हमाद अल मुबारक अल सबाहसँग पनि द्विपक्षीय भेटवार्ता हुने छ ।

प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघीय मानवाधिकार परिषद्का अधिकारीहरुले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले आज बेलुका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १० : ३९ बजे