‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ ।

कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

शुक्रबार प्रदेश सभाको बैठकमा सभामुख अम्बरबहादुर बिष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १२ : ५३ बजे