‘एउटै नाउरको सिकार गर्न २३ लाख’

रजत जयन्ती मनाउँदै मदन भण्डारी फाउन्डेसन 

काठमाडौं । मदन भण्डारी फाउन्डेसनले आज आफ्नो रजत जयन्ती मनाउँदै छ । फाउन्डेसन  स्थापना भएको २५ औँ वर्षको उपलक्ष्यमा फाउन्डेसनले स्थापना तथा रजत जयन्ती समारोह आयोजना गरेको हो ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने समारोह ललितपुर स्थित स्टाफ कलेजको सभाहल जाउलाखेलमा दिउसो १ः ३० बाट सुरु हुनेछ ।  समारोहमा  ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित गर्ने कार्यक्रम छ । मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको यो पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।  दुवालले पाँच दशकदेखि नेपाली प्रगतिशील संस्कृतिका माध्यमबाट समाजलाई पु¥याउनु भएको योगदान स्वरूप यो पुरस्कारसहित सम्मान गर्न लागिएको फाउन्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।

फाउण्डेशनको रजत जयन्ती समारोहमा फाउण्डेशनको २५ बर्षे इतिहासलाई प्रकाशनको माध्यमबाटसमेत  जानकारी गराउने छ फाउन्डेसनले रजत जयन्तीका अवसरमा ‘मिडियामा मदन भण्डारी’ नामक पुस्तकको  विमोचनसमेत गर्दैछ ।

चक्रपथ डटकमको फेसबुक पेजबाट रजतजयन्ती समारोहको प्रत्यक्ष प्रशारण गरिनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ११ : ३६ बजे