दुई अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश  स्वीकृत गरेको छ ।

बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।
 
उक्त दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।        उक्त दुवै अध्यादेशलाई  पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले  दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
       प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ५८ बजे