साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

गोकर्णेश्वर लाइट एकेडेमी बागमती सरकारद्धारा पुरस्कृत

काठमाडौ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा तृतीय स्थान प्राप्त गर्दै गोकर्णेश्वर लाइट एकेडेमी बागमती प्रदेश सरकारबाट नगद रु ७०,००० सहित सम्मानित भएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ३ जना विद्यार्थीको ४.०० जि पि ए सहित ३.७७औसत जिपिए प्राप्त गरेको गोकर्णेश्वर लाइट एकेडेमीलाई पुरस्कृत गरेको हो।

सो मन्त्रालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागि गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो ।

त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जिपिएलाई सूत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित माकलबारीमा रहेको उक्त विद्यालयले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ ।

गत वर्षका एस इ इ नतिजामा उत्कृष्ट ल्याए पनि कम विद्यार्थी सङ्ख्या भएको कारण यो सम्मान पाउँनबाट बन्चित भएको थियो । पढाइका साथै अन्य अतिरिक्त क्रियाकलाप र प्रविधिमैत्री शिक्षण सिकाइमा निकै अब्बल देखिएको सो विद्यालयमा हाल १००० भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।

हेटौडामा आयोजित उक्त कार्यक्रमको सभापतित्व सामाजिक विकाश मन्त्री माननीय हरि प्रभा खड्गीले गरेकी थिइन् भने प्रमुख अतिथि बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ रहेका थिए।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ११ : ०९ बजे