तीन दिनदेखि बेपत्ता महिला मृत फेला

महोत्तरी । तीन दिनदेखि बेपत्ता महोत्तरी मट्टीहानीकी  एक महिला मृत फेला परेकी छन् । 

मट्टीहानी-३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन् । खातुन हराउको भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए ।

खोजिवन गर्दा उनी घर नजिकैको सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १० : ०७ बजे