आज जसपाका पूर्व सांसद मंगल गुप्तासहित ५ हजार बढी एमालेमा प्रवेश गर्दै

रूपन्देही । कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित ठूलो संख्यामा विभिन्न पार्टीका कार्यकर्ताहरु आज एमाले प्रवेश  गर्दैछन् । 

आजै माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत ५ हजार जना एमालेमा प्रवेश गर्ने कार्यक्रम  छ ।

ठूलो संख्यामा विभिन्न पार्टी छोडेर एमाले प्रवेश गर्ने भएपछि नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रुपन्देही पुग्नुभएको छ । 

अध्यक्ष ओली सोमबार राती ८ बजे भैरहवा पुग्नुभएको हो । उहाँ मणिग्रामस्थित ड्रिम ल्याण्ड होटलमा बस्नुभएको छ । 

यसअघि मंसिर १ गते बाँकेको नेपालगन्जमा नेता पशुपति दयाल मिश्रसहित ४ हजार ५ सय नेता कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।  

पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलवस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ कांग्रेसका अभिषेक प्रताप शाहसँग निकटतम प्रतिद्धन्द्धीका रुपमा हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : २६ बजे