सुनको मूल्यमा नयाँ कीर्तिमान

एलन मस्कद्वारा ११ अर्ब डलर कर तिर्ने घोषणा

एजेन्सी । अमेरिकाको चार पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गर्नुभएको छ ।  कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताउनुभएको हो ।  

टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाई आएको थियो । उहाँलाई वर्ष व्यक्ति घोषित गरेको भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए ।

यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी सांसद एलिजावेथ वारेनले ट्विटरमा मस्कले कर तिर्नपर्ने धारणा राख्नुभएको थियो ।

कर नतिरेको र कोभिडलाई हल्का रुपमा लिएको भन्दै अरबपति मस्कले यो वर्षभर नै आलोचना खेप्नुभएको छ । म्यागेजिनको छनोट अहिलेसम्मकै खराब भएको भन्दै पत्रिकाको समेत आलोचना भएको छ । ‘टाइम म्यागेजिनको छनौट वास्तवमै अहिले सम्मकै खराब हो ,’ लेखक कुर्ट इचिनवाल्डले भन्नुभयो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : १६ बजे