प्रचण्डको हुकुम तोड्दै मतदानबाट माओवादीको बागमती प्रदेश अध्यक्षमा सरल निर्वाचित (सूचीसहित)

​​​​​​​काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन हुनुभएको छ ।

प्रदेश सम्मेलनको निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो । कुल २ सय ६१ मत खसेकोमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयो । 

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनुभएको छ।

बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ३० बजे