न्यून चापीय प्रणालीको प्रभावः आज हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा न्यून चापीय  प्रणालीको आंशिक प्रभाव छ । मंगलबार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : १८ बजे