काठमाडौं । काग्रेंसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजय भोगेसँगै रक्षामन्त्रीबाट राजिनामा दिनुभएका डा. मीनेन्द्र रिजालको राजीनामा स्वीकृत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गर्नुभएको हो ।
राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नुभएको छ । पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको थियो ।
प्रकाशित मिति : ५ पुस २०७८, सोमबार ५ : ४६ बजे
प्रतिक्रिया