‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताउनुभएको छ ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै सभापति देउवाले समितिको प्रतिवेदन सार्वजनिक भएपछि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताउनुभएको हो ।

साथै देउवाले काँग्रेसले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरू प्रमाणित भएको समेत बताउनुभयो ।

उहाँले संसदीय छानबिन विशेष समिति गठन गर्दाको समयमा लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको बताउँदै अहिले प्रमाणित भएकोले सो विषय उठान गरेकोमा पार्टीका महामन्त्री गगनकुमार थापालाई धन्यवाद दिनुभएको थियो ।

उहाँले भनेनुभयो- ‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईँले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईँलाई ‘

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : ४७ बजे