थप २२० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २२०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ४ हजार १४१ जनामा परिक्षण गर्दा २२० जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको  मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५७४        पुगेको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ४ : १४ बजे