‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा असोज २३ मा

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आव्हान गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १८.३८११ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले आव २०७९÷०८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ । चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

आश्विन १० गतेसम्म नेप्सेमा कायम रहने शेयरधनी प्रस्तावित लाभांश पाउन र सभामा सहभागी बन्न योग्य हुनेछन् भने सभा प्रयोजनार्थ कम्पनीले ११ गते बुक क्लोज गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : १२ बजे