एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

एमाले महासचिव पोखरेलको प्रश्नः सिइओलाई आफ्नो कम्पनीमा कहाँबाट पैसा आयो भन्ने थाहा हुँदैन?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्दै रास्वपा माथि प्रश्न गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमा यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ- कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?
सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन बिशेष समितिमा बयान दिने क्रममम रकम आएको बिषययमा आफुलाई केही जानकारी नभएको प्रतिक्रिया दिनुभएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : ५७ बजे