‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरूमा महसुस गरिएको थियो । यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो । 


प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : १० बजे