‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गोकुल बाँस्कोटाको टिप्पणी- चितवनमा पाँच वर्षमा तीनवटा चुनाव हुने भो !

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचन हुने टिप्पणी गर्नुभएको छ ।  

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बाँस्कोटाले चितवनमा पाँच वर्षमा तीन वटा निर्वाचन हुने बताउनुभएको हो । 

बास्कोटाले सामाजिक सञ्जालमा लेख्नुभएको छ – ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई १’

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि भएको उपनिर्वाचनमा पनि शानदार जित हासिल गर्नुभएको थियो ।


प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ११ : ५९ बजे