‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बरा बिचरा बबुरा बालेन !

काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र उर्फ बालेन बारे उल्लिखित शीर्षकलाई पुष्टि गर्ने अनेकन उदाहरण  छन् तर बालेनलेझैँ प्रधानमन्त्री ओलीका बारेमा नितान्त मनोगत र मनगढन्ते आरोप म उनलाई लगाउने छैन । किनभने मैले कसैलाई पनि अति प्रशंसा र अतिनिन्दा दुबैबाट बच्नु पर्छ भन्ने सिकेको छु ।  आग्रह रहित भएर यस लेखलाई अध्ययन गर्नेले सत्य तथ्य स्विकार्छ नै । तर्क तथ्यलाई पनि हत्तपत्त सहन नगर्ने र स्वीकार नगर्नेसित  एक्ला एक्लै बसेर घुँडा धसेर कुरा गर्ने हो भने सत्य स्विकार्न बाध्य हुनुपर्छ । अहंका कारण तत्काल सत्य अस्वीकार गरे पनि ठन्डा दिमागले स्विकार्न बाध्य.हुनुपर्छ । मानिस भनेको नरपशु हो यसको बुद्धि ढिलो.चाँडो आउँछ नै । तर  चार खुट्टे जनावरको कहिल्यै शुद्धिबुद्धि र चेत पलाउँदैन । 

ऐतिहासिक धरहरालाई सेतो टावर भन्ने बालनेमा सांस्कृतिक तथा ऐतिहासिक चेत कति कमजोर र दयनीय अवस्थाको रहेछ थाहा हुन्छ । अनि सिंहदरबार जलाउँछु भन्ने बालेनको कट्टु मात्र लगाउने  केटौले पात्र हुन् भन्ने  सहजै अवगत हुन्छ ।  अनि प्रम ओलीको कार्यकालमा निर्मित ऐतिहासिक धरहरालाई ओझेल पार्ने गरी त्यसको भुइँतहमा निर्मित पार्कलाई निःशुल्क उपलब्ध गराउनु अत्यन्त सस्तो प्रचार बाहेक केही नै होइन । यसले सामान्य मानिसमा धरहरा निर्माणलाई भन्दा निःशुल्क पार्किङ सुविधा दिलाएकोमा  वाहवाही लुट्न खोजेको यसै देखिन्छ । हुँदा हुँदा धरहरा उद्घाटन  गर्दाको शिलालेख समेत बालेनले हटाउन लगाएको थाहा हुँदा उनी कतिसम्म दरिद्रीतम सोचग्रस्त  रहेछन् भन्ने बोध हुन्छ । अनुहारले,वंश र अंशले,महँगा लगाफाटो र टाई र दक्षिण भारतीय हिरोको नक्कली चस्मा लगाएकै भरमा ठुलो र असल मानिस देखिन खोजेर दुनियाँलाई केही दिन भ्रममा पार्न सकिन्छ तर षडयन्त्र र छलछाम धेरै दिन लुक्दैन । प्रसिद्ध लेखक अन्जु कार्कीको लेख सौर्य पत्रिकामा प्रकाशित छ । हिंसा शब्ददेखि तर्सिएर र त्यसबाट सदनमै मुर्छा पर्न लागेका प्रचण्डले बाँदरमुढेजस्ता देशैभरिका लाखौँ  बालबालिकाको हत्या,हिंसा, र तिनलाई अनाथ र टुहुरा बनाएको यथार्थ उक्त लेखमा रहेको छ । बाल बालिकालाई मन दुख्ने कडा शब्द र शब्दावली पनि बोल्न हुन्न र उनीहरूलाई मायालु तरिकाले  हरदम प्रोत्साहित गर्नु पर्छ भन्ने ओलीलाई बालदिवसकै दिन  अशोभनीय,अशिष्ट  दुर्वाच्य  बोले बालेनले । कुनै पनि मानिसले र  उसकै मुखैले बोल्न पनि नसुहाउने बोली बोलेछन् बालेनले । संस्कृतको एउटा श्लोकमा मुख प्रक्षालनात् पूर्व गुद प्रक्षालनात् यथा ..अर्थात् मुख  धुनुभन्दा पहिले गुद वा कण्डो धुनुपर्छ भनिएको हो । विद्वान्लाई नमस्ते नगरे कुनै खतबात लाग्दैन तर मूर्खलाई सबैभन्दा पहिले स्वस्ति र सलाम गरियो भने बाँचिन्छ  । त्यसैले सोमत र संस्कार नभएका मानिसले उहिल्यैदेखि  हाम्रा स्वाभिमानी र इमानदार पुर्खालाई धेरै दुःख दिएका रहेछन् र उपयुक्त खालका शिक्षाप्रद साहित्य लेखेछन् भन्ने थाहा हुन्छ । 

बलेनलाई ओलीले आफ्ना  निवासमा बोलाएर तबला उपहार दिनुभयो । यो बहुआयामिक बिम्बात्मक शिक्षा थियो । यो कुरा बालेनले के कति बुझे बुझेनन् । अहिले हेर्दा बालेनले बुझेजस्तो लागेन ।  सडक सडकमा सस्ता र सतही ¥याप गाएर नवयुवाका बीच क्षणिक  लोकप्रिय भएका बालेनलाई गायन संगीतको राष्ट्रिय गौरवको  गहन अध्ययन गरुन् भन्ने सन्देश दिन खोजेको देखिन्छ  र अर्कातिर निरन्तर संगीत साधनाजस्तै राजनीतिक कर्म पनि अलि गम्भीर गहन र दूरगामी हुनुपर्छ है र त्यसरी लाग्नु पर्छ है भन्नु ओलीको एक उदाहरणीय सन्देश बुझिन्छ । तबलाका अनेक ताल छन् त्यसमा पनि देश र जनतालाई लय,सुर र  तालको कुशल संयोजन गरेर राजनीतिक मैदानमा उत्रनु पर्छ है भन्ने पनि सन्देश दिन खोजेको देखिन्छ । अझ ओलीले जबज अनुसार राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने शिक्षा पनि परोक्ष रूपमा बोलेनलाई दिएको स्पष्ट हुन्छ । तर बालेन निर्माण,पुनर्निर्माण, र जन उद्धारलाई पूरै बेवास्ता  गर्दै अघि बढे र सुकुम्वासीका पराले छाप्रामा समेत डोजर चलाउन थाले । दैनिक गुजाराका लागि सडक पेटी र त्यसका वरपर ससाना खुद्रे पसलेलाई उठिबास लगाउन बलपूर्वक लागि परे । कसरी राम्रो काम पनि राम्ररी नगरेपछि हजारौँ जनताको पीडा ओलीले बोलिदिनु भयो । यसै विषयलाई मूल आधार बनाएर बालेन ओलीका ज्यानी दुष्मन झैँ जाइलाग्न थाले । काठमाडौँका उपल्ला तहका कतिपय नेताका जनमैत्री,स्रष्टा मैत्री,मिजास मैत्री खडेरी परेका  कारण एमालेमय काठमाडौँमा   बालेन नगर प्रमुख बन्ने चिट्ठा परेको हो ।  पार्टी कार्यालय च्यासल,जाँदा त्यहाँका अधिकांश नेताका  मिलनसारी बरव्यवहार अलिकति पनि नभएको म आफैँले देखे भोगेको छु अनि तिनले कार्यकर्ता र जनतासित के कस्तो व्यवहार गर्दा हुन् । अचम्म लाग्छ । कति नेता त चुनावी माहौल सिर्जना गर्नै नजान्ने र नसक्ने  पनि छन् । कम्तीमा  सबै तह र तप्काको अगुवा कार्यकर्ता, नेता र उम्मेदवार सैद्धान्तिक, वैचारिक, आचरणगत  आधाउधी  इमानदार त  हुनुपर्छ तर अहिले पनि कार्यकर्ता र जनतालाई नै विकर्षित गर्ने वार्ड, गाउँ र नगर इन्चार्ज तोकिएको आफ्नै  वरपर देखिन्छ र एकाध  केन्द्रीय सदस्यको जहाँ जति जहिले भेट्यो आर्थिक अपचलन गरिहाल्ने स्वभावले समाज विकर्षित बनेको नजिकबाट देखिएको छ ।  अनि त्यसमाथि  ज्वाइँ महाराज जस्तो स्वभाव भएपछि  चुनाव नजित्नु पक्का हुन्छ र भएको छ ।  जबज अनुसार जनता,कार्यकर्ताको  आधा मन जित्ने कार्यकर्ता र नेता भए  मिसन सफल नहुने कुरै छैन । अध्ययन कागजमा छापिएका अक्षरबाट मात्रै हुँदैन जीवनका विविध आयामसितको साक्षात्कारबाट पनि हुन्छ भन्ने ज्ञान सिद्धान्तका ज्ञाता ओलीका अगाडि बालेन बरा बिचरा हुन् । समाज परिवर्तनका लागि ज्ञान हासिल अनिवार्य ठान्ने ओली र पदीय मर्यादालाई समेत कत्ति ख्याल नगरी आवेश र उत्तेजनामा उट्पटयाङ् बोल्ने बालेन बबुरा हुन् । बालेन लगायतका एमाले र ओली विरुद्धका गतिगरासहीन बरव्यवहारलाई तर्क संगत खण्डनमण्डन गर्ने खालका सामाजिक सञ्जाल,  लेख र टिप्पणी नभएको  देखेर अचम्म नै लाग्यो । अनेक खालका पद र औसर पाउन अपहत्ते गर्नेहरू संकटका बेला दुला पस्छन् भन्ने थाहा हुनुपर्छ । भक्ति र भजन मात्र गर्नेले कहिल्यै कर्म गर्दैन । त्यसैले  म आफ्नू विषयगत अध्ययन लेखन थाती राखेर यो लेख लेख्नै पर्ने देखेर लेखेको हो ।  एमालेको सिद्धान्त,विचार संगठन र सिर्जनात्मक जुन अवस्था छ, यसलाई गुणात्मक रूप दिने हो भने बालेन हुन् प्रचण्ड हुन्,माकुने हुन्  वा कुलमान हुन् यी पानीका फोका सरह फुट्छन् । प्रायोजित रूपमा उडाएका बेलुन फुटाउने तागत एमालेसित पर्याप्त छ तर भए जत्तिको शक्ति सामर्थ्य एकै ठाउँमा  एक्कै चोटि पोख्नु पर्छ ओलीले डमरुलाई नै हात हाल्ने अवस्थामा बघिनी चुपचाप बस्दिन भनेझैँ बधिनी आमामाथि शरवर्षा गर्दा मौन रहनु जस्तो निरीहता केही होइन । कम्तीमा कुचो लगाउने हो भने कसिङ्गर मिल्काउन कुनै भारी बात छैन र हुँदैन ।   नगर प्रमुख बालेनलाई सशक्त, शालीन तथा गम्भीर कटाक्ष पूर्वक प्रतिवाद गर्ने उपप्रमुख सुनिता डङ्गोल उच्च व्यक्तित्व हुनुहुँदो रहेछ । वहाँले आफ्नी आमा समेतलाई उदाहरण दिई अभिव्यक्त गरेको संवाद सुन्दा म चाहिँ मन्त्रमुग्ध जस्तै भएँ । 

कुनै पनि युवक जब बाबु बन्छ तब मात्र आफ्नै बाबुलाई राम्ररी चिन्छ । हिन्दी सिने महानायक अमिताभ बच्चनका अनुसार जो सिख्ता है वही जितता है । विद्या,ज्ञान,अनुभव दुवै तरिकाले  पढेर र परेर प्राप्त गरिन्छ । बुद्धि बङ्गारो आउनुलाई पनि बुद्धि बढेको ठानिन्छ । यो एउटा प्रतीक पनि होला । बुद्धि बङ्गारो नै आउन बाँकी छ भने केही समय पर्खियुँ । जसको  ज्ञानको परिधि नै अत्यन्त  सीमित छ , त्यसबाट धेरै ज्ञानको आस गर्नु पनि हुन्न । तत्कालीन बहालवाला प्रधानमन्त्री प्रचण्डलाई समेत सामान्य कूटनैतिक मर्यादा विपरीत व्यवहार गर्ने  बालेन वर्तमान प्रम ओलीप्रति फतुरे तालमा वितण्डा मच्चाउनु  उनले प्राप्त गरेको जनतमतकै घोर अपमान हो  । यस्ता हर्कती मानवलाई टुप्पाबाट पलाएको पनि भन्छन् क्यारे । ठुलो कुर्सीमा बसेर ठुलो भइने होइन । ठुलो हुन ठुलै  मति, गति, हुतिहवास र गतिगरास अपरिहार्य हुन्छ । सिस्नो पानी नेपालले नेपालका मिडिया विदेशीका गुडिया भनेझैँ केही मिडिया घाँटीका नसा चुँडिने गरी एमाले र ओली विरुद्ध पीतपत्रकारी  प्रलाप  गरिरहेको देखिन्छ । 

 संयोगले फूलको संगतका कारण  देउताका शिरमा पुगे पनि कमिलो कमिलो नै हुन्छ । बहुआयामिक प्रभावशाली नेता  केपी ओलीसित नाम जोडेर आफू भाइरल हुन खोजे पनि केही हुनेवाला छैन ।  अनेरास्ववियू अध्यक्ष समिक बडालले बालेनको विकृत हुलिया सञ्जाल मार्फत उजागर गरिदिए र जाती गरे । तथानामे कठपुतलीहरूलाई बेलैमा मुख बन्द हुने गरी सामाजिक सञ्जाल मार्फत तीखै जवाफ दिनु पर्छ ।  एमाले र ओलीका विरुद्ध केही महिला लेखकहरूले मनगडन्ते लेखको  प्रतिउत्तर खापेर मिथिला पोखरेलले  लेखेका लेखहरूको सँगालो आर्थिक व्ययभार नपर्ने गरी प्रकाशक बनिदिन अनेम संघ,केन्द्र पटक्क तयार भएन । एक त बोल्ने र लेख्ने नै छैनन् जस्तो छ भने अर्कातिर  बोल्ने र लेख्नेलाई भुईँमा पछार्ने प्रवृत्ति देखिएपछि कसले बोल्ने किन बोल्ने ? अनि कसरी महिलाको सृजनशील प्रतिभाको विकास हुन्छ ? मैदान खाली गरिदिएपछि बालेनले रत्यौली खेल्नु के को अचम्म भयो र ? 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : ५३ बजे