‘नेशनल डे कन्सर्ट’ सम्पन्न

१८ वर्ष प्रवेश र दशैं तिहारको अवसरमा सिटी एक्सप्रेसले घोषणा ग-यो उपहार योजना

काठमाडौँ ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान चाड २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमाआफ्ना ग्राहक वर्गहरूसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौँ गुणा” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको सो कम्पनीले यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि. भी. साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही ५०० को वालेट टप्अप् र अन्त्यमा एकजना भाग्यशाली बम्पर विजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा ल्याएको छ ।

कम्पनीकाअनुसार यस “१८औँ वर्षमा १८ गुणा, परिवार मा खुशी लाखौँ गुणां” अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधि भरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन ।

त्यसैगरी सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ३० बजे