‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सहकारी ठगीमा संलग्न गोरखा मिडियाको बचाउमा लामिछाने, संसदीय समितिको निष्कर्षमाथि गलत प्रचार 

काठमाडौँ । नेपाली राजनीतिमा आश्चर्यजनक फण्डा गर्दै आउनु भएका रास्वपा सभापति रवि लामिछानेले पछिल्लो पल्ट  फेरि सबैलाई आश्चर्य चकित  पार्नुभएको छ।  सहकारी संस्था ठगी सम्बन्धमा गठित  संसदीय बिशेष  छानबिन समितिको निष्कर्षलाई गलत व्याख्या गरेर यस्तो आश्चर्यमा पार्नुभएको हो। समितिले उहाँ लगायत धेरैलाई कारबाही गर्न सिफारिस गरेको छ। तर उहाँले समितिले आफूलाई ‘क्विन चिट’ दिएको भन्दै अर्को फण्डा सुरु गर्नुभएको छ। 

अमेरिका बसेर नेपाल फर्केपछि पत्रकारिता गर्न थाल्नु भएका लामिछानेले आफूले कुनै बेला  प्रेस पास नलिने बरु त्यसले जुत्ता पुछ्ने भन्दै आक्रोश पोख्नु भएको थियो। अहिले पनि फेरि संसदीय विशेष समितिले दिएको निष्कर्षलाई सबैका आँखा अगाडि बादल लगाउने कोसिस गर्नुभएको देखिएको छ। 

समितिले उहाँ संलग्न भएको गोरखा नेटवर्क र त्यसका सञ्चालकको नामै ताकेर कारबाहीको सिफारिस गरेको छ। जसमा लामिछानेको नाम प्रस्ट छ। तर उहाँले त्यसलाई आफूले क्विन  चिट पाएको भन्दै गलत प्रचार गर्नुभएको छ। 

संसदीय बिशेष छानबिन समितिले प्रतिवेदनमा स्पष्ट निष्कर्ष निकाल्दै भनेको छ ‘‘.सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

 रवि  लामिछानेले आफूलाई क्विन चिट दिएको भने पनि मङ्गलवार उहाँले सार्बजनिक गरेको अभिव्यक्तिले ….खुट्टो काट भन्दा  आफूले तान्ने काम गर्नुभएको  छ । उहाँले आफू र गोरखा गोरखा  मिडिया नेटवर्क माथि षडयन्त्र सुरु भएको भन्दै   बचतकर्ताको रकम डुबाउने गोरखा मिडिया नेटवर्कको पक्षमा वकालत गर्नुभएको छ। यसबाट पनि सहकारी अपचलनमा गोरखा मिडिया नेटवर्कबाट  बचतकर्ताको रकम अपचलन भएको स्पष्ट हुन्छ। 

लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भएको भन्दै मङ्गलवार बाट यस्तो  आक्रोश पोख्न थाल्नु भएको छ । मङ्गलवार राजधानीमा  सुरु भएको सो पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले भन्नुभयो– देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र गर्नमै समय कटाउने गरेकाले यो देशको समृद्धि हुन नसकेको दाबी गरेर आफ्नो सम्भावित कारबाहीलाई फेस सेभ गर्ने   गलत बाटो प्रयोग गर्नुभएको स्वतः देखिएको छ। 

तर उहाँलाई कुन नेताले कसरी षडयन्त्र गरे भन्नेमा केही खुलाउनु भएन । 

आफूमाथि सहकारी प्रकरण उचालेर सिद्ध्याउन खोजे पनि त्यो असफल भएको भन्दै लामिछाने अव गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने बताउनुभयो  । 

‘यो हल, उपस्थिति र यो भव्यता हाम्रा लागि अर्को एउटा खतराको घण्टी हो । उनीहरूलाई लागेको थियो कि रास्वपा सकियो । तर रास्वपा त यस्तो भएर आएको छ अव यसको मूल्य हामीले तिर्नुपर्छ है साथी हो’, लामिछानेले भन्नुभयो  ‘म साथीहरूलाई भन्न चाहन्छु अव आरोप  सहकारी ठगबाट गोरखा मिडियातिर सर्छ’ लामिछानेले भन्नुभयो।

 लामिछानेको यो भनाइले  आफै स्पष्ट देखियो अब उहाँ  र गोरखा मिडिया नेटवर्क कुनै हालतमा कारबाहीबाट उम्कन सक्दैन। 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ११ : ५४ बजे