‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कर्णालीका दुर्गम जिल्लामा दाताबाटै चल्छ रक्तदान

जाजरकोट । कुशे गाउँपालिका–९ की अमला रोकायलाई रगत आवश्यक परेपछि हारगुहार भयो । आफन्तहरुले रगत नपाएपछि स्वास्थ्य सेवा कार्यालयभित्र रुवाबासी नै सुरु भयो । 

एकातिर रगतका कारण ज्यान जाने खतरा भयो, अर्कोतिर उनीहरुको आफन्तको रुवाबासीले स्वास्थ्य सेवा कार्यालय नै भावविह्वल भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीले नै रगत दिएर बचाउन बाध्य भएको स्वास्थ्य सेवा कार्यालयमा कार्यरत प्रेम ओलीले बताउनुभयो ।

प्रेमले दिएको रगत नपुगेपछि अर्का गोविन्द घर्तीले समेत एक पोका रगत दिनुभएको थियो । दैनिक अस्पतालमा उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रगतको समस्य पर्दा स्वास्थ्यकर्मीले नै रगत दिएर उपचार गर्दै आएका छन् । अस्पतालका स्वास्थ्यकर्मीसँग रगत नभएमा सेना प्रहरीलाई गुहार मागेर पनि बिरामीको ज्यान बचाउनुपरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

त्यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका नन्दराम खड्काले बाबुका लागि रगत दिनका लागि हारगुहार गर्नुपर्यो । ‘ओ पोजेटिभ’ रगतका लागि उहाँले धेरै व्यक्तिसित सम्पर्क गर्नुपर्यो । बल्लबल्ल उहाँले रगत भेट्टाएर जिल्ला अस्पतालमा भर्ना भएका बाबुलाई चढाइदिनुभयो  । 

जिल्ला अस्पतालमै सुत्केरी भएकी श्रीमतीका लागि चाहिएको रगत पाउन रुकुमपूर्व सिस्ने गाउँपालिका–८ का सुवास महरालाई हैरान भयो । बल्लबल्ल नेपाली सेनाका जवानबाट उहाँले रगत पाएर श्रीमतीको अवस्थामा सुधार आयो । जिल्लामा रक्त बैंक नहुँदा बिरामी र उनीहरुका आफन्तले कसरी दुःख पाइरहेका छन् भन्ने यी केही उदाहरण हुन् ।
 
हरेक दिनजसो जिल्ला अस्पतालमा रगत खोज्नेको दौडधुप भइरहन्छ । रक्त बैंक नहुँदाको समस्या बिरामीले खेपिरहनुपरेको छ । यो भर्खरको समस्या पनि होइन । लामो समयदेखि जिल्लावासी र यस जिल्लामा उपचारका लागि आउने अरु बिरामीले पनि यो समस्या भोगिरहेका छन् ।

जिल्लामा रक्त बैंक स्थापनाको प्रयास पटक–पटक भयो तर त्यो सम्भव भएको छैन । केही वर्ष पहिले नेपाल रेडक्रस सोसाइटीले रक्त बैंक बनाउने तयारी पनि गरेको थियो तर त्यो पूर्ण कार्यान्वयनमा जान सकेन । रेडक्रसले कोठाको व्यवस्थापन गरेर केही सामग्रीसमेत जोडेको थियो । अन्तमा त्यो सामग्री पनि काम लागेन । रगत अभावमा अस्पतालले पनि दुःख पाउनु परेको छ । 

अस्पतालका महिला तथा स्त्रीरोग विशेषज्ञ डा केहलविक्रम जिसीले हरेक शल्यक्रियामा रगतको पूर्वतयारी गर्नुपर्ने भए पनि सजिलै त्यो व्यवस्था हुन नसकेको बताउनुभयो  । जिल्लाको चौरजहारी अस्पतालमा पनि दैनिकजसो रगत चाहिरहेको हुन्छ । यस अस्पतालले भने रक्त बैंक स्थापनाको तयारी अन्तिमतिर पुर्‍याएको छ । 

विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ । यसका साथै अरु विभिन्न रोगका लागि पनि रगत आवश्यक भइरहेको हुन्छ । हाल जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थाले समूह मिल्ने व्यक्तिको खोजी गरेरै रगतको आपूर्ति गर्ने गरिएको छ । 

सबैभन्दा ठूलो समस्या डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा हुँदै आएको छ । सडकको राम्रो पहुँच नभएको डोल्पामा रगत अभावका साथै अक्सिजनसमेत अभाव हुँदै आएको छ । अत्यधिक चिसो भएकाले भर्ना भएका बिरामीलाई समेत सास्ती हुँदै आएको छ । सुत्केरीलाई सबैभन्दा ठूलो समस्या हुने गरेको हो । दुर्गममा बसेर सुत्केरी सुविधा दिँदा निकै समस्या हुँदै आएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । 

रात्रिकालीन समयमा सुत्केरी गराउनु सबैभन्दा ठूलो चुनौती हुँदै आएको छ । विद्युत्को अभावले गर्दा अँध्यारोमा काम गर्नुपर्ने समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन् । रासस

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ५५ बजे