सुनको मूल्यमा नयाँ कीर्तिमान

बङ्लादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

ढाका – बङ्लादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । 

    सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । 

    बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गर्नुभएको हो । 

    अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिनुभयो । 

    अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उहाँले स्पष्ट पार्नुभयो । 

    उहाँका अनुसार पत्रकार तथा धार्मिक नेताहरूलाई पनि अतिरिक्त खोपका लागि प्राथमिकताको सूचीमा राखिएको छ । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १० : २५ बजे