काठमाडौँ । प्रभु बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । बैंकले भदौको ब्याजदर नै असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको हो ।
बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा मुद्दती निक्षेपमा सोही ब्याजदर कायम राखेको थियो ।
बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । स्मरण रहोस् भाद्र महिनाको बचत खातामा सोही ब्याजदर थियो ।
प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १२ : ०५ बजे
प्रतिक्रिया