‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै, माधव पक्षको राजिनामा कुर्दै देउवा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ। 

सोमबार संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेको समयसीमा आज राति ९ बजे सकिन लागेको हो। प्रतिनिधिसभामा सोमबार भएको विश्वासको मतदानमा प्रधानमन्त्री ओलीलाई ९३ मत प्राप्त भएपछि नयाँ सरकार बनाउनका लागि दलहरु दौडधुपमा छन् । नयाँ सरकार गठनका लागि काँग्रेस सभापति देउवाले जसपाका नेताहरुलाई फकाउने प्रयास जारी राखेका छन् । त्यही प्रयास अनुरुप जसपा अध्यक्ष महन्थ ठाकुरलाई छलफलमा बोलाएपनि उनीहरुले नयाँ सरकार गठनमा  आफनो पार्टी नरहेको स्पष्ट पारेपछि सभापति देउवा माधव पक्षको राजिनामा कुरिरहेका छन् ।

यता माधव नेपाल समुहभने जसपाको परिपक्क निर्णय आएपछि मात्रै निर्णय गर्ने भनेर बसेको छ ।  माधव  नेपाल समुहले जसरी पनि ओलीलाइ हटाउने अडानमा रहेको स्रोतले बताएको छ । जसपाको पुर्ण समर्थन आउने निश्चित नभएपछि खनाल नेपालसमुहमा देउवा भर परिरहेका छन । माधव नेपाल समुहका २० सांसदले राजिनामा गरेर भएपनि देउवालाई समर्थन गर्ने  आश्वास दिएको स्रोतले बताएको छ । माधव नेपाल पक्षको राजिनामा आए गठबन्धनको सरकार बनाउने देउवाको तयारी छ । जसपाका ठाकुर पक्षले सरकार निमार्णका पक्षमा नरहेको यसअघि नै प्रष्ट पारिसकेको छ । ३२ सांसद कायम रहेको जसपामा ठाकुर र यादव पक्षका १६–१६ सांसद छन् । महतो र ठाकुरले जसपा सत्ता गठबन्त्रधनमा नरहेको भन्दै यादव पक्षबाट आउने हस्ताक्षरलाई स्विकार नगर्न राष्ट्रपतिलाई आग्रह गरिसकेका छन् । 

धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद ‘प्रधानमन्त्री बन्न सक्ने’ व्यवस्था छ ।

संविधानको धारा धारा ७६ (३) मा संयुक्त सरकार बन्न नसकेमा राष्ट्रपतिले संसद्को ठूलो दलको नेता प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । धारा ७६ (२) अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री नियुक्त हुनेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : १६ बजे