दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बलात्कारको आरोपमा कांग्रेसका नगरउपसभापति पक्राउ

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका सिद्धार्थनगरका उपसभापति एवम् वडा नम्बर—७ का वडा सदस्य किरण घिमिरेलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको बुझिए पनि यस विषयमा प्रहरीले औपचारिक रुपमा केहि बताएको छैन । प्रहरीले घिमिरेलाई उनकै घरबाट पक्राउ गरेको छ ।

प्रहरी अझै अनुसन्धानकै क्रममा रहेको र थप कुरा अनुसन्धान पछि मात्र बताउन सकिने प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताउनु भयो ।

गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत थप  विषय लुकाउन खोजेको स्थानीयको  आरोप छ  ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ३१ बजे