दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

सामान्य विवादमा छुरा हानाहान : एकको मृत्यु, एक घाइते

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका–६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने एक जना भाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार– ६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरीसीटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुई समूहबीच सामान्य विवादमा छुरा हानाहान भएकाे   भएको र घटनाबारे थप अनुशन्धान भइरहेको जनाएको छ । प्रहरीले घटनामा संलग्नहरूको खोजी गरी रहेको पनि जनाएको छ । 

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  २ : २६ बजे