साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रुख ढलेर च्यापिँदा महिलाको मृत्यु

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको सरावलमा रुख ढलेर च्यापिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका वडा नम्बर १ सालबास बस्ने बर्ष २७ कि पार्वती चौधरी रहेको प्रहरीले जनाएको छ ।

शनिबार ३: ३० बजेको समयमा सोही ठाउँमा रहेको सृष्टि सामुदायिक बनको घोलामा श्रीमान् सँगै माछा मार्न गएकी उनको माछा मार्ने क्रममा सुकेको शिसौको रुख ढली गर्धनमा चोट लागेको र उपचारकालागि चिसापानी अस्पताल बर्दघाट लगिएकोमा गएराती नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । पोष्टमार्टमका लागि शव पृथ्वीचन्द्र अस्पताल परासीमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ११ : ३४ बजे