मौन अवधि सुरु, के गर्न पाइँदैन

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

काठमाडौँ।नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सेन्टर फरसुवासचन्द्र बराल निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २०७२ मतले पराजित गर्नुभएको हो ।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ११ : २८ बजे