साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

‘बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्यका लागि लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारका विषयगत मन्त्रालयले बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धिको आवश्यकता औँल्याउनुभएको छ ।

राष्ट्रिय बाल दिवस–२०८१ का अवसरमा महिला मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी तथा बाल संरक्षणका विविध सवाललाई सम्बोधन गर्न यस आर्थिक वर्षको नीति र बजेट व्यवस्थाले समेत त्यसको अनुभूति भएको धारणा राख्नुभयो ।

मन्त्री सुडीले सरकारले बालबालिकासम्बन्धी विभिन्न कानुन, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । “हरेक विकास र परिवर्तनसँगै नयाँ समस्या पनि सिर्जना हुन पुग्छन् । आजका दिनमा बालबालिकाको संरक्षणका सवालमा हामी नयाँ प्रकारका समस्या र चुनौतीको सामना गरिरहेका छौँ । बालबालिकाविरुद्ध हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बाल विवाह र लैङ्गिक विभेद तथा अन्य असमानता जस्ता समस्याले उनीहरूको उज्ज्वल भविष्यमा नकारात्मक असर पार्ने अवस्था छ । यसलाई उन्मूलन गर्नु हामी सबैको साझा दायित्व र जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।

सोही अवसरमा सांसद सीताकुमारी रानाले पछिल्लो समय बालबालिका यौन हिंसा र दुव्र्यवहारका समस्या बढ्दै गएकाले राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित आज देशैभरि राष्ट्रिय बाल दिवस मनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ७ : २५ बजे