‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गाब्रियलको दुई गोलमा आर्सनल विजयी

एजेन्सी । गाब्रियल मार्टिनेलीको दुई गोलको सहयोगमा लण्डन क्लब आर्सनलले लिड्स युनाईटेडलाई ४–१ को गोल अन्तरले पराजित गरेको छ । 

शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेको हो ।

लिड्सको घरेलु मैदान इलान्ड रोडमा भएको खेलमा आर्सनललाई जिताउँन मार्टिनेलीले दुई गोल गर्दा बुकायो साका र इमिली स्मिथ रोले एक एक गोल गरे । घरेलु टोली लिड्सका राफिन्हाले सान्त्वना गोल फर्काए । 

जितसँगै आर्सनल १८ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा छ । यता, लिड्स भने समान खेलबाट १६ अंक सहित १६ औं स्थानमा छ । १७ खेलमा ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ४० बजे