‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एनपीएलका मार्की खेलाडीको लक्की ड्र आज

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) मार्की खेलाडीको लक्की ड्र शनिबार हुँदैछ ।

शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गर्दै सार्वजनिक गरेको थियो ।

एनपीएलमा सहभागी आठ फ्रेन्चाइजी पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णालीले आठ मार्की खेलाडीलाई लक्की ड्रबाट आफ्नो टिममा सामेल गराउने क्यानले जनाएको छ ।

क्यानले आज अपराहन्न १ बजे लक्की ड्र कार्यक्रममार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाउने जनाएको छ ।

‘लक्की ड्र’बाट आएका पहिलो खेलाडी काठमाडौंले पाउनेछ  । त्यस्तै, दोस्रोदेखि आठौं नम्बरमा पोखरा, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिमको पालो आउनेछ  । एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ  ।

मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्यवय गर्नुपर्नेछ  ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ९ : ५२ बजे