सुनको मूल्यमा नयाँ कीर्तिमान

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन

उरुम्क्वी, चीन – चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।उहाँको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उहाँ सन् २०१३ देखि देशको सवैभन्दा जेष्ठ नागरिक घोषित हुनुभएको थियो । 

निधन हुनु अगाडिसम्म पनि उहाँको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँ सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो,” उहाँका एक आफन्तले भने । उहाँलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ४५ बजे